काम गर्दै थिए , सप्तरी जिल्ला निवासी दिपेन्द्र । त्यो दिन अन्तराष्ट्रिय मजदुर दिवस थियो । त्यही दिन सप्तरीका एक यूवकको मलेशियामा मेसिनमा च्यापिएर मृत्यु भयो । सबै सपना चक्ना चुर भयो ।
परिवारजनका अनुसार सप्तरीको हनुमाननगर कंकालिनि नगरपालिका १ भारदह निवासी ४० वर्षिय दिपेन्द्र दासको बैदेशिक रोजगारका क्रममा बुधबार मलेशियामा मृत्यु भएको छ ।
दिपेन्द्र दासको अन्तराष्ट्रिय मजदुर दिवसको दिन ईटा बनाउने मेशिनमा च्यापिएर मृत्यु भएको श्रोतले जनाइएको छ । बिगत चार वर्ष भन्दा बढी ेदेखी मलेशियास्थित डुपोन्ट एण्ड लिओस्क इन्टरप्राइजेजमा प्रोडक्सन अपरेटर पदमा कार्यरत थिए ।
दासको मृत्क शरीरलाई सोही कम्पनीमा कार्यरत दास नेपाल फर्कने तरखरमा रहेका छ्न ।