• २ आश्विन २०७७, शुक्रबार
बसको ठक्करबाट मोटरसाईकल चालककको मृत्यु
  • स्टुडियाे संवाददाता

  • [addthis tool="addthis_inline_share_toolbox_3o0r"]

 

मोरङको सुन्दर-हरैँचा नगरपालिका-८ सलकपुरमा बसको ठक्करबाट आइतवार बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ ।

 

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत अपरान्ह सवा ५ बजे पश्चिम तर्फ जाँदै गरेको को १ ख २१४२ नम्बरको बसले बिपरित दिशा तर्फ आउँदै गरेको मे १० प ६२११ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो ।

 

ठक्करबाट मोटरसाईकलमा सवार झापा मेचीनगर नगरपालिका-२ बस्ने बर्ष २६ को जीवन राई गम्भीर घाइते भई उपचारको लागि नोबेल अस्पताल विराटनगर पठाईएकोमा उपचारको क्रममा साँझ ६:२५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

बस, बस चालक र मोटरसाईकललाई प्रहरी चौकी गछियाको नियन्त्रणमा राखिएको छ ।

  • २३ बैशाख २०७६, सोमबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech