झापाको मेचीनगर नगरपालिका-६ र ७ बाट प्रहरीले आइतवार अन्दाजी १ लाख १९ हजार ४ सय रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिको प्रहरी टोलीले भारतबाट अवैध रुपमा नेपाल तर्फ ल्याउँदै गरेको बिभिन्न किसिमका कपडा, भाँडावर्तन, हार्डवेयरको सामान, डाल्डा-१ कार्टुन, चामल-४ बोरा, मैदा-१ बोरा त्यसैगरी नेपालबाट भारत तर्फ लैजाँदै गरेको कालो मरिच-१ बोरा, मटर-९ बोरा, सुपारी-१५ कि.लो. बरामद गरेको हो ।
बरामद सामान आज आवश्यक कार्वाहीको लागि मेची भन्सार कार्यालय काकरभिट्टा बुझाईने जिल्ला प्रहजरी कार्यालय झापाले जनाएको छ ।