• २ आश्विन २०७७, शुक्रबार
प्रदेश १को राजधानी बिराटनगर नै हुने पक्का
  • स्टुडियाे संवाददाता

  • [addthis tool="addthis_inline_share_toolbox_3o0r"]

 

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश १ को राजधानी विराटनगरमै राख्ने निर्णय गरेको छ ।

आइतबार बसेको नेकपा प्रदेश १ को संसदीय दलको बैठकले प्रदेश राजधानी विराटनगरमा राख्ने निर्णय गरेको हो ।

प्रदेश सरकारका प्रवक्ता हिक्मत कार्कीले राजधानी विराटनगर रहने तथा कार्यपालिका, व्यवस्थापिकालगायतका संरचना इटहरी विराटनगर सुन्दरहरैंचा आसपास निर्माण गर्ने निर्णय भएको जानकारी दिए ।

यो सँगै प्रदेश नम्बार १ को स्थायी राजधानी विराटनगर नै कायम हुने लगभग पक्का भएको छ ।

प्रदेशको राजधानी प्रदेशसभाको दुई तिहाइ बहुमतले टुंगो लगाउने संवैधानिक व्यवस्था छ । प्रदेश १ मा नेकपाको दुई तिहाइ बहुमत छ ।

प्रदेशको राजधानी टुंग्याएपनि नामको विषयमा भने कुनै निर्णय भएको छैन ।प्रदेशको नाम र राजधानी दुईतिहाइ बहुमतले पारित गर्नुपर्ने प्रवधान भएका कारण नेकपाले यो प्रस्ताव प्रदेशसभामा दर्ता गर्ने भएको छ।

  • २४ बैशाख २०७६, मंगलवार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech