• ४ आश्विन २०७७, आईतवार
मोटरसाईकलको ठक्करबाट ७८ बर्षीय बृद्धको मृत्यु
  • स्टुडियाे संवाददाता

 

मोरङको उर्लावारी नगरपालिका-५ मधुमल्ला बसस्टेण्डमा भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।

 

आज बिहान ८:१५ बजेको समयमा दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको मे ९ प ९४४६ नम्बरको मोटरसाईकलले पैदल यात्री धनकुटाको डाँडागाँउ बस्ने ७८ बर्षीय लाल बहादुर खड्कालाई ठक्कर दिंदा उनी गम्भीर घाईते भएका थिए ।

घाईतेलाई उपचारको लागि तत्काल गोदावरी अस्पताल उर्लावारी पठाईएको थियो । घाईतेको उक्त अस्पतालमा उपचार हुन नसकी थप उपचारको लागि बिराट नर्सिङहोम बिराटनगर पठाईएकोमा उपचारकै क्रममा निजको बिहान १० बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ ।

 

ठक्कर दिने मोटरसाईकल ईलाका प्रहरी कार्यालय उर्लावारीको नियन्त्रणमा रहेको छ भने चालक तत्काल फरार रहेकोले खोजतलास भईरहेको उक्त कार्यालयले जनाएको छ ।

  • २४ बैशाख २०७६, मंगलवार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech