• ६ आश्विन २०७७, मंगलवार
राष्ट्रिय पत्रकारीता पुरस्कारद्वारा सप्तरीकी पत्रकार माला कर्ण सम्मानित
  • स्टुडियाे संवाददाता

 

पत्रकारिता दिवसमा सप्तरीकी पत्रकार माला कुमारी कर्ण लाई नेपाल सरकारले समान्न गरेको छ । नेपाल सरकार ,सञ्चार तथा सूचना प्राविधि मन्त्रालयले राष्ट्रिय पत्रकारीता दिवसमा सप्तरीकि वरिष्ठ पत्रकार माला कुमारी कर्णलाई एक लाख रुपैयाँ सहित सह सम्मानित गरेको छ ।

पत्रकार कर्ण स्थानीय पत्रीका कल्याण पोस्ट ,राष्ट्रिय पत्रीका गोरखापत्र दैनिकी आदिमा आवद्ध रहेकि छिन ।

विभिन्न संचार माध्यममा विगत दुई दशकभन्दा लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय नेपालका ८ पत्रकारलाई सम्मान गरेको हो । बि.स. २०६४ साल देखि हाल सम्म ४४ जना पत्रकारहरुलाई वरिष्ठ पत्रकारीता एब्म राष्ट्रिय पत्रकारीता पुरस्कार प्रदान गर्दै आएको छ ।

यश २०७६ सालमा वरिष्ठ पत्रकारिता एब्म राष्ट्रिय पत्रकारीता क्रमशः २ जना र ६ जना पत्रकारलाई सम्मानित गरेको छ । यश वर्षमा दुई जना वरिष्ठ पत्रकारहरुलाई जनही दुई ÷दुई लाख र राष्ट्रिय पत्रकारीता अन्तर्गत ६ जना पत्रकारहरुलाई जनहि क्रमशः एक ÷एक लाख प्रदान गरेका हुन ।

उक्त पुरस्कार राष्ट्रियपतिबाट बैशाख २४ गते मङलबार राष्ट्रिय पत्रकारिता अन्तर्गत बरिस्ठ सप्तरीका पत्रकार माला कुमारी कर्ण , काठमाडौंका निर्मला शर्मा , झापाका माधब भण्डारी , काठमाडौंका खिल बहादुर भण्डारी , कैलालीका उमिद प्रसाद , सिन्धुलीका डण्ड बहादुर गुरुङ तथा वरिष्ठ पत्रकारहरु कास्की का बद्री बिनोद प्रतीक , भक्तपुरका तिर्थ कोइरालालाई पुरस्कार एबम सम्मान प्रदान गरेका हुन ।

  • २४ बैशाख २०७६, मंगलवार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech