• ८ आश्विन २०७७, बिहीबार
इँटा भट्टामा बन्धक बालक सप्तरीबाट उद्दार
  • स्टुडियाे संवाददाता

 

सप्तरीको विष्णपुर गाउँपालिकास्थित रतन इटा उद्योगमा बन्धक बनाएका भारतिय बालकलाई प्रहरीको सहयोगमा उद्दार गरेको छ ।

भारत आसाम राज्य ध्रबी जिल्लाका ११ वर्षिय मोहिबुल एसके बिगत ७ महिनादेखि सप्तरीको रतन ईट्टा उधोगमा बन्धक भई काम गरिरहेका थिए ।

बन्धक बनेका बालकलाई बाल हेल्प लाईन ‘भोवाईस अफ चाईलड’ इटहरी स्थित सुनसहरीमा तत्कालका लागि सोमबार नै संरक्षणको लागि सप्तरीबाट पठाइएका हुन ।

 

बालकका बुवा स्माईल एसकेले बिगत केही वर्ष देखि इट्टा उद्योगमा भारतीय मजदूर उपलब्ध गराउँदैआएका थिए ।

दवाब पछि विगत ७ महिना देखी राजविराज स्थित रतन ईंटा भट्टामा बन्धन सरह रहेका आसामका बालकलाई बन्धक मुक्त गरिएको समाजसेवी सरोज रायले बताए । उहाँले लेख्नु हुन्छ ,” सप्तरी जिल्ला प्रशासनको पूर्ण सहयोग पाएको भए आज बालक बाल संरक्षण केन्द्र होइन आमा-बुवा समक्ष पुग्ने थियो।”

  • २४ बैशाख २०७६, मंगलवार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech