• ७ आश्विन २०७७, बुधबार
सर्प टोक्दा नौमहिने बालिकाको मृत्यु
  • स्टुडियाे संवाददाता

 

सप्तरीमा सर्पले टोक्दा नौमहिने नाबालिका दुईजनाको मृत्यु भएको छ। सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-५ मा बुधबार बिहान साढे १० बजे विषालु सर्पले टोक्दा नाबालिकाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा तिलाठी कोइलाडी-५ बनरझुलाका रञ्जितकुमार रायकी नौ महिनाकी छोरी प्रियाकुमारी रायलाई सर्पले टोक्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

छिमेकीको घर अर्थात ठूलोबाबु दिनेशकुमार रायको आँगनमा खेल्ने क्रममा प्वालमा दाहिने हात पसाउँदा गोमन सर्पले टोकेपछि उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

उनको सव पोष्टमाटमको अस्पताल पठाएको छ ।

  • २६ बैशाख २०७६, बिहीबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech