• ७ आश्विन २०७७, बुधबार
मोटरसाइकलको ठक्करबाट एकको मृत्यु
  • स्टुडियाे संवाददाता

 

सप्तरीको रुपनी गाउँपालिका-२ स्थित रुपनी राजविराज सडक खण्डमा दुर्घटना हुँदा उपचारको क्रममा मृत्यु भएको छ ।

रुपनीबाट राजविराजतर्फ जाँदै गरेको मोटरसाइकलकले साईकललाई ठक्कर दिँदा साइकल यात्री मङलवार साझ घाइते भएका थियो । उनको उपचारको क्रममा विराटनगर स्थित न्युरो अस्पतालमा बुधबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा साइकल यात्री स्थानीय ४५ वर्षीय महेन्द्र यादव रहेको छ । उनलाई मंगलबार साँझ स.६ प.१८७२ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।

गम्भीर घाइते यादवलाई तत्काल उद्धार गरी विराटनगरस्थित न्युरो अस्पताल पुर्याइएको थियो। यता मोटरसाइकल र चालक प्रहरीको नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले बताइएको छ।

  • २६ बैशाख २०७६, बिहीबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech