• २ आश्विन २०७७, शुक्रबार
सप्तरीमा नवजात शिशु मृत फेला
  • स्टुडियाे संवाददाता

  • [addthis tool="addthis_inline_share_toolbox_3o0r"]

 

सप्तरीमा खोल्सामा फालिएको नवजात शिशु मृत अबस्थामा फेला परेको प्रहरीले बताएका छ्न ।

नवजात शिशु वेवारिसे अवस्थामा सप्तरीको राजगढ गाउँपालिका वडा नम्वर ३ स्थित झौहरा बजारबाट १ किलो मिटर पूर्वमा रहेको खोल्सिको छेउमा फेला परेका हुन ।

प्रहरीको अनुसार नवजात शिशु मृत अवस्थामा साडिमा बेरिएर फालिएको वेवारिसे अबस्थामा भेटिएको जनाएको छ ।

यस बिषयमा थप अनुसन्धान तथा खोज तलाश भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । तस्बिर : फाईल फोटो । 

  • २६ बैशाख २०७६, बिहीबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech