• ३ आश्विन २०७७, शनिबार
शिवगंजमा मोटरसाईकल दुर्घटना १ को मृत्यु १ घाईते
  • स्टुडियाे संवाददाता

 

सुनसरीको भोक्राह नरसिंह गाउँपालिका-३ शिवगंजमा गए राती भएको मोटरसाईकल दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् ।

राती सवा १ बजे भित्री सडक खण्डमा दक्षिणबाट उतर तर्फ जाँदै गरेको को २० प ४४० नम्वरको मोटरसाईकल आँफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल चालक सोही स्थान बस्ने वर्ष-२६ को धनपैत खत्वे र पछाडी सवार वर्ष २६ कै प्रकाश खत्वे घाइते भएका थिए ।

दुर्घटनामा गम्भीर घाइते दुवै जनालाई उपचारको लागि जिल्ला अस्पताल सुनसरी पठाईएकोमा उपचारको क्रममा मोटरसाईकल चालक धनपैतको राती साढे २ बजे मृत्यु भएको हो ।

अर्का गम्भीर घाइते प्रकाशलाई थप उपचारको लागि गोल्डेन अस्पताल विराटनगर पठाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको । तस्बिर : फाईल

  • २६ बैशाख २०७६, बिहीबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech