• २ आश्विन २०७७, शुक्रबार
मगर गाउँमा करेण्ट लागेर बालकको मृत्यु
  • स्टुडियाे संवाददाता

  • [addthis tool="addthis_inline_share_toolbox_3o0r"]

 

पाँचथरको फिदिम नगरपालिका-६ मगर गाउँमा करेण्ट लागेर बुधवार १ बालकको मृत्यु भएको छ ।

करेण्ट लागेर सोही स्थान बस्ने लाल वहादुर सारुमगरको छोरा वर्ष ११ को सनम मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले उदृत गर्दै प्रदेश प्रहरीले जनाएको छ ।

अपरान्ह ४ बजे साथीहरुसँग खेल्ने क्रममा विजुलीको पोलमा चढ्दा अचानक करेण्ट लागेर घाइते भएका मगरलाई उपचारको लागि जिल्ला अस्पताल फिदिम पठाईएकोमा उपचारको क्रममा बेलुका सवा ६ बजे मृत्यु भएको हो ।

घटनास्थलमा प्रहरी टोली खटि गई कानूनी प्रकृया पश्चात शव पोष्टमार्टमको लागि सोही अस्पतालमा राखिएको उक्त कार्यालयले जनाएको छ ।

  • २६ बैशाख २०७६, बिहीबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech