• ६ आश्विन २०७७, मंगलवार
सप्तरीमा गहुँ उत्पादन बढ्यो
  • स्टुडियाे संवाददाता

 

सप्तरी जिल्लामा यसपालि गहुँ उत्पादन गत वर्षको तुलनामा वृद्धि भएको कृषि बिज्ञहरुले बताएको छ ।

गत वर्षको तुलनामा २५ हजार हेक्टर जग्गाबाट ५० हजार मैट्रिक टन गहुँ उत्पादन भएको थियो । तर यसवर्ष २८ हजार हेक्टर जग्गामा गरिएको खेतीबाट ६१ हजार ६०० मेट्रिक टन गहुँ उत्पादन भएको कृषि ज्ञान केन्द्र राजविराजका योजना अधिकृत किशुनदेव राउतले जनाएको छ । गत वर्षको तुलनात्मक हेरियो भने वृद्धि भएको देखिन्छ ।

उहाँले यसवर्ष मौसमले साथ दिएको र ज्ञान केन्द्रले वितरण गरेको उन्नत जातको बीउ किसानले लगाएका कारण उत्पादन वृद्धि भएको बताए ।

प्रयाप्त पानी नहुदा किसानहरु गहुँ खेतीको उत्पादन राम्रो सङ नभएको बताउँछन् । सिचाइको अभाव , कामदारको अभाव तथा मल जलको अभाव खेप्दै आएको सप्तरीका किसानहरूले यश वर्ष सममै पानी परेकाले राम्रो खेती भएको बताए ।

  • २६ बैशाख २०७६, बिहीबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech