• २ आश्विन २०७७, शुक्रबार
राजबिराज विमानसेवा आइतबारदेखि सञ्चालनमा आउने
  • स्टुडियाे संवाददाता

  • [addthis tool="addthis_inline_share_toolbox_3o0r"]

 

सप्तरीको एक मात्र विमान सेवा आउँदो आइतबार बैशाख २९ गतेदेखि पुन संचालनमा आउने भएको छ ।

यात्रुहरु उडान सेवाबाट बन्चित हुदै आएकोमा बैशाख २९ गतेदेखि नियमित उडान सेवा हप्ताको सातै दिन विमान सेवा संचालन गर्ने श्री एयरलायन्सको राजविराज स्टेशन इन्चार्ज किरण कुमार यादवले बताए ।

राजविराज विमानस्थलबाट पहिलोपटक हप्ताको सातै दिन विमानसेवा सञ्चालनमा आउदै छ । यश अधि हप्ताको २०७५ असार १० गतेदेखि नियमित विमान सेवा साताको ५ दिन र करिब तीन महीनादेखि सातामा ३ दिन सेवा दिदै आएको थियो ।

विना सूचना गत चैत्र १८ गतेदेखि हवाई सेवा ठप्प भएको थियो । नेपालको राजधानी काठमाडौंबाट दिउँसो १ बजेर ३५ मिनेटमा यात्रु बोकेर राजविराज विमानस्थल प्रस्थान हुने र सोही रुटमा दिउँसो २ बजेर ३० मिनेटमा राजबिराजबाट काठमाडौं फर्किने श्री एयरलायन्स सेवा समितिले जनाएको छ ।

  • २६ बैशाख २०७६, बिहीबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech