• ६ आश्विन २०७७, मंगलवार
नवजात छोरीलाई जन्मदिने आमाबुबा फरार भएपछि
  • स्टुडियाे संवाददाता

 

लहान स्थित एउटा अस्पतालमा एउटा नवजात शिशु वेवारिस अबस्थामा छोडि फरार भएका छ्न । करिब दुई साता अधि एक महिला पुरुष लिला मदन पिसि एन्ड प्रस्ुति ग्रुह लहान १ अस्पतालमा आई भर्ना भयो ।

भर्ना हुने महिला छिमेकी जिल्ला उदयपुरको कटारी बताउने सम्झना नाम गरेकी हुन । उनी संग आएका ३२ वर्षीय पुरूष विकास राई वैशाख १० गते बेलुका ४ बजे आएर अस्पतालमा भएको अस्पताल श्रोतले बताए । बैशाख ११ गते बिहान सम्झनाले छोरीकी जन्म दिइन ।

बिहान हुँदा विकास एटीम बाट पैसा निकाल्छु भनेर बाहिर निस्के। केहि बेर पछि सम्झना पनि केही बेर अगाडी जन्मेकी छोरीलाई एकलै छोरी गायब भइन।

अहिले सम्म सम्पर्क बिहिन बनेको बिकास र सम्झना बेपत्ता भएको समाजसेवी सरोज रायले बताए । उनले दिएको जानकारी अनुसार शिशुको व्यवस्थापनको लागि अहिले जिल्ला सिरहा लहान स्थित लीला मदन प्रसुती अस्पतालमा रहेको छ ।

शिशुलाई आश्रयका लागि पहल शुरु गरीसकेको समाजसेवि सरोजले बताउनुभयो । अहिले सिरहाका एक दम्पतिले बालीकालाई गोद लिने सरोजले बताए । यसको प्रक्रिया अगाडि बढाईसकेको जनाएको छ ।

  • २६ बैशाख २०७६, बिहीबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech