• १२ मंसिर २०७७, शुक्रबार
कांग्रेसको पहिलो पुस्ता ‘डेट एक्स्पायर’
  • स्टुडियाे संवाददाता

कान्तिपुर दैनिकले कांग्रेसका युवा नेताले पार्टीको भविष्यका लागि पहिलो पुस्तालाई विश्राम लिन गरेको आग्रहलाई मुख्य समाचार बनाएको छ । नेतृत्वको रणनीतिक असफलता र पुरानो कार्यशैलीबाट अब पार्टी नचल्ने भन्दै उनीहरूले ७० वर्ष कटेका नेतालाई पार्टीबाट विश्राम लिएर अभिभावकको भूमिकामा बस्न सुझाएका हुन् ।

निर्वाचनमा कांग्रेसले लज्जास्पद पराजय भोगेपछि युवा नेताले पार्टी नेतृत्व हस्तान्तरण माग गर्दै आएका छन् । नेविसंघ प्रदेश ३ कार्यसमितिद्वारा शनिबार राजधानीमा आयोजित कार्यक्रममा पनि युवा नेताहरू चन्द्र भण्डारी, गगन थापा, गुरुराज घिमिरे, प्रदीप पौडेल, उमेशजंग रायमाझीलगायतले पहिलो पुस्ताका नेतालाई ‘डेट एक्स्पायर’ भन्दै नेतृत्व हस्तान्तरणको माग दोहोर्याए ।

चुनावी परिणामले पार्टी निकै कमजोर देखिएपछि भण्डारीको संयोजनमा कांग्रेस युवा नेताको समूहले निर्वाचन समीक्षा र नेतृत्व हस्तान्तरण मुद्दा उठाउँदै विशेष महाधिवेशनसमेत माग गर्दै आएको छ । तर, पार्टी सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशन होइन, केन्द्रीय कार्यसमिति बैठक मात्रै बोलाउने बताएका छन् ।

नेता घिमिरेले कान्तिपुरसँग भनेका छन्– नेपालीको एभरेज आयु ७० वर्ष छ । तर हाम्रा नेताको उमेर ७२/७४ पुगिसक्यो । आईसीयूमा पुगेको कांग्रेसलाई अब यी बूढा डाक्टरले शल्यक्रिया गर्न सक्दैनन् । समयअनुसार चल्न नसक्ने यी नेतालाई अब बिदा गर्नुपर्छ ।

  • १६ पुष २०७४, आईतवार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech