• ३ आश्विन २०७७, शनिबार
विवाह गरेको दुई दिन नबित्दै दुलहा प्रेमिका लिएर फरार
  • स्टुडियाे संवाददाता

 

सप्तरीमा एक अनौठो घटना घटेपछि तनाव भएको छ । दुलही भित्र्याएको दुई दिन नबित्दै प्रेमीका लिएर भागेका एक युवकका कारण सप्तरीमा आधा दर्जनभन्दा बढी दलित कुटिएका छन् ।

कथित उच्च जातको छोरीलाई भगाएको निउमा सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका–५ का खङ्ग बस्तीका वासिन्दाहरु सामुहिक रुपमा कुटिएका छन् ।

स्थानीय वडा अध्यक्ष श्रीप्रसाद यादवको नेतृत्वमा छपकी टोलका खङ्ग जातिका व्यक्तिहरु कुटिएका हुन् । विलक्षण खंगका छोरा राजुले स्थानीय मनोजकुमार सिंहकी छोरी साक्षी सिंहलाई भगाएको निहुँमा वडा अध्यक्ष यादवसहितका व्यक्तिहरुले उनीहरुकुटपीट गरेका हुन् ।

साक्षीकुमारीलाई भगाएको आरोपमा आफूहरूमाथि कुटपिट र अभद्र व्यवहार गरिएको उजुरी जिल्ला प्रहरी कार्यालयमा दिन आएपछि उक्त घटना सार्वजनिक भएको हो ।कुटाइ खाएका राजेश खङ्ग, डम्बर खङ्ग, जुक्तिया खङ्ग, मोहन खङ्ग, उनकी पत्नी धनमादेवी, छोरा रामचन्द्र र बुहारी सरोदेवी लगायतले प्रहरीमा उजुरी दिने आएका थिए ।

दलित केटाले गैरदलित केटी भगाएको विषयमा छलफल गर्न मंगलवार मोहन खंगको घरमा छलफल बोलाइएको थियो । सोही छलफलमा ‘तिमीहरू सबै मिलेर आफूभन्दा ठूलो जातकी केटी भगायौ’ भन्दै केटी पक्षले कुटपिट गरेको उनीहरूको आरोप छ । साथै दोषीलाई कार्वाहीको माग गरेको छ ।

यता वडा अध्यक्ष यादवले राजुले साक्षीलाई भगाएको पुष्टि गर्दै आफूले कसैलाई कुटपिट नगरेको दाबी गरे ।

सप्तरीको अग्निसायर कृष्णसवरण गाउँपालिका–५ विलक्षण खंगका छोरा राजुले बैसाख १३ गते सप्तरीको सप्तकोशी नगरपालिका स्थित कमलपुरकी प्रमिला खंगसँग विवाह गरेका थिए ।

  • २६ बैशाख २०७६, बिहीबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech