• ५ आश्विन २०७७, सोमबार
घरबाटै बेपत्ता भएकी बालिका राजबिराजबाट उद्दार
  • स्टुडियाे संवाददाता

 

सप्तरी जिल्लाको राजगढ गाउँपालिका वडा नं. ६ बस्ने रामदेव यादवको छोरी बर्ष १४ की रम्भा कुमारी यादव राजबिराजबाट प्रहरीले उद्दार गरेको छ ।

बैशाख १३ गते शुक्रबारदेखि आफ्नै घरबाट कोही कसैलाई जानकारी नदिई हिडेको थियो ।

रम्भा घर फर्की नआई हराई बेपता भएकोले खोजतलास गरी पाउँ भनि उनको वुवाले जिल्ला प्रहरी कार्यालय सप्तरीको महिला तथा बालबालिका सेवा केन्द्रमा हुलिया निबेदन दिएको थियो ।

सप्तरी प्रहरीले खोजतलास गर्दै जाँदा रम्भा राजबिराज नगरपालिका वडा नं. ८ पुलचौक स्थितबाट बैशाख २४ गते उद्दार गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले फेला पारी जिल्ला प्रहरी कार्यालय सप्तरीले संरक्षणमा राखि बैशाख २६ गते बिहिवार रम्भाका बाबु आमालाई जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

  • २६ बैशाख २०७६, बिहीबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech