• ७ बैशाख २०७८, मंगलवार
भाउजुसँगको अनैतिक सम्बन्ध लुकाउन श्रीमतीलाई आगो लगाई हत्या
  • स्टुडियाे संवाददाता

 

आफ्नै श्रीमतीमाथि आगो लगाएर फरार रहेका श्रीमान र एक जना महिलालाई धनुषा प्रहरीले पक्राउ गरेको छ। धनुषा शहीदनगर नगरपालिका १ स्थित चिरैयाको पुर्वारी टोलमा २० वर्षीय निर्मला यादवको हातखुट्टा बाँधेर जिउँदै आगो लगाएको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।

मृतक निर्मलादेबी यादवको श्रीमान मुकेश गोइत यादव र भाउजु श्याम यादवबीच विवाहपूर्व नै अवैध सम्बन्ध कायम रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।सोही क्रममा मुकेश यादवका दाइसँग विवाह भई मुकेशसँग समेत अवैध सम्बन्ध कायम रहँदै आएको जनाइएकाे थियो।

सोही अवैध सम्बन्धबारे श्रीमती निर्मलादेबी यादवलाई आफ्नो श्रीमान् र जेठानीको सम्बन्धको बारेमा खुल्न आउँदा पटक-पटक झै-झगडा हुँदै आएकोमा २०७६ बैशाख ५ गते अपरान्ह पाँच बजे जिउँदै शरीरमा सम्पूर्ण कपडा राखी जलाएको थियो।

निर्मला र श्यामादेवी यादवबीच अवैध सम्बन्धका कारण झै-झगडा भएकै क्रममा मुकेशले झगडा छुट्टाई श्रीमीलाई कुटपिट गर्दै निज निर्मलाको लुगा कपडा जम्मा गरी सोही भाउजु श्याम देबीको पसलमा गएर पेट्रोल ल्याएर जलाएको थियो। पसलबाट पेट्रोल ल्याउने क्रममा श्याम देबीले किन चाहियो पेट्रोल भनी सोध्दा श्रीमतीको लुगाकपडा जलाउन मागेपछि उनकी भाउजुले लुगा कपडा मात्र किन निर्मलालाई समेत आगो लगाउन प्रोत्साहन गरेका थिए।

पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक शेखर खनालले अभियुक्तको भनाईलाई उदृत गर्दै भने, ‘निर्मलालाई जलाउन उनकै भाउजुले उक्साइन। श्रीमतीको कपडा मात्र हाेइन। श्रीमतीलाई नै जलाएर हामी दुवै भागौंला भनी भनेका थियाैं।’

आगो लगाए लगत्तै फरार रहेका मुकेशलाई सुदूरपश्चिम प्रदेशस्थित कञ्चनपुरको गढा प्रहरीले चौकीले पक्राउ गरी धनुषा पठाएको छ।

  • २६ बैशाख २०७६, बिहीबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech