• ३ आश्विन २०७७, शनिबार
१२ मा मोबाइलबाट चिट चोर्ने सप्तरीका तीन जनालाई मुद्दा
  • स्टुडियाे संवाददाता

 

आधुनिक युगमा १२ कक्षाको परीक्षामा मोबाइल एप ‘इमो’ मार्फत् चिट चोर्ने सप्तरीका तीन विद्यार्थीमाथि सप्तरी प्रहरीले मुद्दा चलाएको छ।

बैशाख १५ गते सुरु भएको कक्षा १२ को परिक्षा अन्तर्गतको गणित विषयको परीक्षामा तीन जनालाई सप्तरीको कञ्चनरुप नगरपालिका ८ स्थित सर्वोदय मावि परीक्षा केन्द्रबाट पक्राउ गरीएको थियो ।

पक्राउ पर्नेमा दिपेश सरदार, रामप्रसाद हुमागाईँ र रञ्जितकुमार मण्डल रहेको छ । उनीहरुलाई इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोली र कन्द्राध्यक्ष सहितको टोलीले अनुगमन तथा जाँचको क्रममा चिट चोर्दै गर्दा पक्राउ परेका हुन ।

तीन जनाविरुद्ध जिल्ला अदालतबाट ‘परीक्षामा मर्यादा विपरीतको कसुर’मा बुधबार म्याद थप भई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

  • २७ बैशाख २०७६, शुक्रबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech