• ३ आश्विन २०७७, शनिबार
राजविराज अस्पतालमा आन्द्रामा घाउ र ट्युमरको सफल शल्यक्रिया
  • स्टुडियाे संवाददाता

 

 

आवश्यक दक्ष जनशक्ति र उपकरण थपिँदै गएपछि सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालका चिकित्सकले गम्भिर प्रकृतिका बिरामीको उपचार एकपछि अर्को सफलता नतिजा निकाल्न थालेका छन् ।

चिकित्सकले एकसाता अघि पहिलो पटक एक बालकको ठूलो आन्द्रामा देखिएको डियुफर (आन्द्रामा घाउ र ट्युमर)को सफल शल्यक्रिया गरेको सात दिन नबित्दै अर्को जटिल प्रकृतिको शल्यक्रियामा सफलता पाएको छ ।

शुक्रबार कचियाँ हँसिया (घाँस काट्न प्रयोग गरिने) छातीबाट पेटमा चिरी सिकिस्त भएका एक बालकको जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेपछि अस्पतालका चिकित्सकहरुप्रति स्थानियको विश्वास बढेको छ ।

प्राप्त घटना विवरण अनुसार बिहीबार साँझ घरको आंगनमा खेल्दै गर्दा सप्तरीको छिन्नमस्ता गाउँपालिका १ बरही विरपुरका बिनय रायका ८ वर्षीय छोरा इनरजित अचानक लडेका थिए ।

सो क्रममा आंगनमा राखिएको कचिया हँसिया उनको छाती हुँदै पेटसम्म छिरेको थियो । आफन्तले तत्कालै उनलाई गम्भिर अवस्थामा सिटी रिक्सामा राखेर स्थानिय गजेन्द्र नारायण सिंह अस्पताल पु(याएका थिए ।

डा. राजिव मिश्रा (सर्जन)को नेतृत्वमा डा. पारसमणि साह, डा. उदित चौधरी, डा. आदित्य मिश्रासहितको चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले उपचारमा यस्तो सफलता पाएको हो । डा. मिश्राका अनुसार हँसिया निकाल्ने क्रममा छाती र पेट दुबैको शल्यक्रिया गर्नुपरेको थियो ।

शल्यक्रियाका लागि करिब चार घण्टा समय लागेको थियो । ‘छातीमा हँसिया छिरेकै अवस्था र अत्यन्तै जोखिमपूर्ण अवस्थामा बालकलाई ल्याइएको थियो’, डा. मिश्रले भने, ‘हँसिया छातीको करंङ्गहुँदै देब्रेपट्टीको कलेजोलाई पनि छेड्दै पेटसम्म पुगेको थियो तर, समयमै ल्याइ पु-याएकाले निकै महिनेत गरेर बचाउन सफल भयौं ।’ उनले यस्तो गम्भीर प्रकृतीको शल्याक्रिया यस अस्पतालबाट दोश्रो पटक गरिएको सुनाए ।

यसअघि अस्पतालमै एक बालकको आन्द्रामा घाँउ र ट्युमरको जोखीमपूर्ण शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको थियो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.चुमनलाल दासले प्रबिधी, उपकरण र दक्ष जनशक्ति थपिदै गएपछि अस्पतालबाट जटिल रोगको उपचार र शल्यक्रियामा सफलता मिल्दै गएको बताए । सभार : दैैैनिक नेेपाल ।

  • २८ बैशाख २०७६, शनिबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech