• २ आश्विन २०७७, शुक्रबार
सप्तरीबाट तीन सय एकाईस जनाले पाए नागरिकता
  • स्टुडियाे संवाददाता

  • [addthis tool="addthis_inline_share_toolbox_3o0r"]

 

सप्तरी जिल्लामा २० दिनमा ३२१ जनाले बंशजको आधारमा नागरिकता पाएका छन् । जिल्ला प्रशासन कार्यालय सप्तरीबाट नागरिकता प्राप्त गर्नेमा २२९ पुरूष र ९२ महिला रहेका जिल्ला प्रशासन कार्यालयले जनाएका हुन ।

जिल्ला प्रशासन कार्यालय राजबिराजवाट २ सय २०, ईलाका प्रशासन कार्यालय कंचनपुरबाट ९८ र ईलाका प्रशासन कार्यालय बोदेबरसाईनबाट ३ जनाले वंशज नागरिकता लिएको निमित्त प्रमुख जिल्ला अधिकारी आनन्द ठाकुरले जानकारी दिए ।

वैशाख ३ मा सर्वाेच्चकै आदेशबाट नागरिकता वितरण खुल्ला भएपछि वैशाख ४ गतेदेखि नागरिकता वितरण कार्य शुरू भएको २० दिन पछि पुनः सो कार्य रोकिएको छ । यस भन्दा पहिले सर्वाेच्चको आदेश पछि चैत्र २६ देखि ३ बैशाख सम्म नागरिकता बितरण कार्य रोकिएको थियो ।

  • २९ बैशाख २०७६, आईतवार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech