• २ आश्विन २०७७, शुक्रबार
यौन प्रस्ताव अस्वीकार गर्दा दलित महिलामाथि कुटपिट
  • स्टुडियाे संवाददाता

  • [addthis tool="addthis_inline_share_toolbox_3o0r"]

 

महोत्तरीको भंगहा नगरपालिका ९ कञ्चनवनमा दुई छोरी सहित माइतमा बस्दै आएकी २७ वर्षीया महिलामाथि कुटपिट गरेको छ ।

कुटपिट गर्ने सोही स्थानका २८ वर्षीय प्रदीप राउतले महिलालाई फोनमा पटक–पटक यौन सम्बन्धको प्रस्ताव राख्ने गरेको र उक्त प्रस्ताव अस्वीकार गरेकाले मकै चोरेको निहुँ बनाएर घरमै आएर कुटपिट गरेको ती महिलाले बताइन्।

‘घरमै कोल्डस्टोर र रक्सी बेच्दै आएका प्रदीपले मलाई पटक पटक फोन गरी नागरिकता बनाइदिन्छु, कोल्ड ड्रिंक खुवाउँछु लगायतको प्रलोभन दिँदै अनैतिक सम्बन्ध राख्न दबाब दिए’ पीडा सुनाउँदै अञ्जुले भन्नुभयो ‘मैले पटक पटक उसलाई हप्काउँदै अस्वीकार गरे । र आयिन्दा फोन नगर्न आग्रह गर्दा उसले घरमै आएर कुट्छु, कसैले केहि गर्न सक्दैन भन्दै विभिन्न धाकधम्की समेत दिन थाले ।

कुटपिटपछि ती महिलाले न्याय माग्दै प्रहरीमा उजुरी दिएकी छन्। दोषीलाई कारबाहीको लागि महोत्तरी जिल्ला प्रहरी कार्यालयमा कुटपिटसम्बन्धी निवेदन दिएको ती महिलाले बताइन्।

  • १ जेष्ठ २०७६, बुधबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech