• ५ आश्विन २०७७, सोमबार
उत्तरपुस्तिकामा उत्तर लेख्ने निरीक्षक राजबिराजबाट पक्राउ
  • स्टुडियाे संवाददाता

 

देशैभरी चलिरहेको कक्षा ११ को परिक्षामा उत्तरपुस्तिकामा उत्तर लेख्ने निरीक्षक सप्तरीबाट पक्राउ परेका छ्न ।

सप्तरीको राजबिराज १ मा राजदेवी ठाकोदेवि जोगेन्द्र भगत माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट निरीक्षक विभा यादवलाई पक्राउ गरिएको हो । परीक्षा सकेपछि परीक्षार्थीको उत्तरपुस्तिकामा उत्तर लेख्दै गरेका निरीक्षक विभालाई प्रहरीले मंगलबार पक्राउ गरिएको थियो ।

परीक्षा सकेपछि सिम्बल नं.६१५०००२४ भएको उत्तरपुस्तिका निरीक्षकको रुपमा खटिएको सोही विद्यालयमा कार्यरत शिक्षिका सिरहा जिल्लाको सुखिपुर नगरपालिका वडा नम्वर ९ का ३५ वर्षीया विभा यादवले विद्यालयको कार्यालय कोठामा पुस्तिका झिकेर उत्तर लेख्दै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीको भनाई छ ।

उनलाई थप अनुसन्धान गरि सप्तरी जिल्ला अदालत राजविराजबाट मंगलबारै परीक्षा मर्यादा विपरीतको कसुरमा म्याद थप गरेको प्रहरीले जनाए ।

  • १ जेष्ठ २०७६, बुधबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech