• ६ आश्विन २०७७, मंगलवार
बाख्रा चराउन गएकी बालिकामाथि बलात्कार
  • स्टुडियाे संवाददाता

 

सप्तरीको विष्णुपुर गाउँपालिका २ मा बाख्रा चराउन गएकी ८ वर्षीया बालिकामाथि बलात्कारको प्रयास भएको छ ।

सप्तरीको विष्णुपुर गाउँपालिका २ की पीडितकी आमाले जिल्ला प्रहरी कार्यालयमा जाहेरी गरेपछि घटना बाहिरिएको हो ।

गत वैशाख २७ गते दिउँसो सोही ठाउँका ५५ वर्षीय कुलदेव ठाकुरले बाख्रा चराउन गएकी बालिकालाई प्रलोभनमा पारेर बलात्कारको प्रयास गरेको जाहेरीमा उल्लेख रहेको छ ।

जाहेरी निवेदनमा ठाकुरलाई कानून बमोजिम कारबाही हुनुपर्ने पीडितकी आमाले माग गरेकी छिन् । आरोपित ठाकुर घटना पश्चात फरार रहेका छ्न ।

घटना पुष्टि गर्दै फरार ठाकुरको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी राजेन्द्र विष्टले बताए ।

  • २ जेष्ठ २०७६, बिहीबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech