• ६ आश्विन २०७७, मंगलवार
प्रतिबन्धित लागूऔषध गाँजा सहित पक्राउ
  • स्टुडियाे संवाददाता

 

सर्लाहीको लालबन्दी नगरपालिका-७ हस्पिटल छेउबाट १५० किलो लागू औषध गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र ईलाका प्रहरी कार्यालय लालबन्दी, सर्लाहीको संयुक्त प्रहरी टोलीले बिशेष सूचनाको आधारमा BR 30 P 1458 नम्बरको रातो रङको Indian TATA Co. गाडि चेकजाँच गर्दा उक्त परिमाणको लागू औषध गाँजा बरामद भएको हो ।

जिल्ला सर्लाही लालबन्दी नगरपालिका-७ बस्ने सनोज राज घिमिरे र जिल्ला पर्सा बीरगंज महानगरपालिका-१८ भिस्वा घर भई हाल लालबन्दी नगरपालिका-७ मा ग्यारेज गरी बस्ने सिधु सिंहलाई गाडि सहित नियन्त्रणमा लिएको हो ।

यसै गरी सोही प्रहरी टोलीले विशेष सुचनाको आधारमा जिल्ला सर्लाही लालबन्दी नगरपालिका-६ बस्ने संगम लामाको घरमा खानतलासी गर्दा लागू औषध गाँजा ६२ किलो बरामद गरेको हो । निज लामा फरार रहेकोमा खोजतलास कार्य भईरहेको छ र यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

  • २ जेष्ठ २०७६, बिहीबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech