• २ आश्विन २०७७, शुक्रबार
सप्तरी सहित विभिन्न जिल्लामा निर्माणको काम समयमा पूरा नगर्ने कम्पनीमाथि कारवाही
  • स्टुडियाे संवाददाता

  • [addthis tool="addthis_inline_share_toolbox_3o0r"]

 

सप्तरी जिल्ला सहित विभिन्न जिल्लामा समय अबधिमा पूरा काम सम्पन्न नगर्ने कम्पनीमाथी कार्वाही गर्ने सडक डिभिजन कार्यालय लहान सिरहाले जनाएको छ ।

सप्तरी ,सिरहा र उदयपुर जिल्लामा सडक तथा पुल निर्माणको काम समयमा पूरा नगर्ने निर्माण कम्पनीमाथि कारवाही गरेको छ।

सप्तरी सहित सिरहा र उदयपुरमा निर्माणाधीन सडक तथा पुल निर्माणको सम्झौता गरे पनि समयमा काम सम्पन्न नगर्ने कम्पनीलाई कारवाही अघि बढाइएको हो।

यस्ता आठ निर्माणसँग सम्बन्धित कम्पनीमाथि कारवाही गरिएको सडक डिभिजन कार्यालय लहानका प्रमुख वीरेन्द्रकुमार साहले जानकारी दिए।

कारबाहीमा पर्ने पप्पु मृत सञ्जिवनी जेभी काठमाडौं, रोशन कन्स्ट्रक्सन जनकपुर र नीलगिरी निर्माण सेवा प्रालि बानेश्वर काठमाडौं लगायत रहेको साहले बताए ।

सम्झौता बमोजिम ठेक्काको काम शुरु नै नगरेको तथा कार्य शुरु भए पनि सन्तोषजनक प्रगति नदेखिएकाले मौखिक पत्र तथा सूचनामार्फत पटकपटक जानकारी गराउँदा समेत कार्य शुरु गर्ने तर्फ पहल नथालेपछि कारवाही शुरु गरिएको साहले बताए।

तस्बिर : उज्यालो अन्लाईन  ।

  • २ जेष्ठ २०७६, बिहीबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech