• ३ आश्विन २०७७, शनिबार
दाईभाईमा गोलि हानाहान : भाइ पक्राउ, दाईको मृत्यु
  • स्टुडियाे संवाददाता

 

पर्साको जिराभवानिपुर गाउँपालिका-१ बलुवा बस्ने वर्ष ३८ को शेख सेरामुद्धिनलाई कटुवा पेस्तोल थान १, जंगी राउण्ड-३, सोही पेस्तोलमा लाग्ने गोलीको खोका थान-१ सहित प्रहरीले पक्राउ गरेको छ ।

सेरामुद्धिनले आफ्नै दाई बर्ष ४८ को शेष फारुकलाई घरायसी बिवादको कारण कटुवा पेस्तोलले गोली हानी घाईते बनाएको थियो ।

उक्त घटना बारे प्रहरीलाई खबर प्राप्त हुन साथ प्रहरी चौकी महादेबपट्टी, पर्साबाट प्रहरी टोली खटी गई घाईते शेष फारुकको अवस्था गम्भिर रहेकोले उपचारको लागि बिरगंज तर्फ पठाएको छ भने गोली हान्ने सेरामुद्धिनलाई हतियार सहित पक्राउ गरेको हो ।

गोली लागि घाईते भएका शेष फारुक बिहीबार बेलुका ८ बजे नारायणी अस्पतालमा ल्याएकोमा निज फारुकको दाहिने पाखुरा छेडेर छाती मुनि गोली पसेकोले थप उपचारको लागि ९ बजे नेशनल मेडिकल केलेजमा रिफर गरेकोमा उक्त अस्पतालमा उपचार हुन नसकी शुक्रबार विहान अन्दाजी ०३ बजेको समयमा थप उपचारको लागि काठमाण्डौ टिचिङ अस्पताल तर्फ लैजादै गर्दा बाटोमा नै मृत्यु भएको भन्ने प्रहरीले जानकारी दिएको छ ।

यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय पर्साबाट थप अनुसन्धान कार्य भईरहेको छ ।

  • ३ जेष्ठ २०७६, शुक्रबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech