• ७ आश्विन २०७७, बुधबार
सिरहा नगरपालिकामा भीषण आगलागी , दश लाखको क्षति
  • स्टुडियाे संवाददाता

 

सिरहाको सिरहा नगरपालिका-१५ सोनाटोलि बस्ने रंजित साह सोनारको घरबाट खाना पकाउने क्रममा अचानक ग्याँसबाट आगलगि हुदाँ १० लाख मुल्य बराबरको क्षती भएको छ ।

उक्त नगरपालिका १५ बस्ने बर्ष ३१ को रंजित साह सोनारको एल्बेष्टरको छानो भऐको १ तल्ले घर, लत्ताकपडा, अन्नपात, भाडावर्तन, सुनचाँदी तथा नगद र दुई लाख गरि जम्मा छ लाख पाँच हजारको क्षति भएको छ ।

त्यससँगै सोही स्थान बस्ने वर्ष २५ को दिपक साह सोनारको काठको घर १ तल्ले, लत्ताकपडा, भाडावर्तन, अन्नपात तथा नगद साठ्ठि हजार गरि जम्मा अन्दाजी मुल्य चार लाख पाँच हजारको क्षति भएको प्रहरीले जनाएको छ ।

उक्त आगो प्रहरी चौकी खिरौनाबाट खटिएको प्रहरी टोली, स्थानिय र दमकलको सहयोगमा बिहान १२ बजेर ४५ मिनेटमा आगो नियन्त्रणमा लिएको जनाएको छ ।

  • ३ जेष्ठ २०७६, शुक्रबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech