• ३ आश्विन २०७७, शनिबार
लहानस्थित राजदेवी मन्दिर मेलाको चहलपहल शुरु
  • स्टुडियाे संवाददाता

 

लहान नगरपालिकामा रहेको राजदेवी मन्दिरमा लाग्ने मेलाको लागि बजारमा चहलपहल शुरु भएको स्थानीयले बताएको छ ।

शान्तिका अग्रदूत तथा अहिंसाका प्रवर्तक गौतम बुद्धको जन्मजयन्तीको अवसरमा सिरहाको लहान नगरपालिका–१५ ढोढनास्थित राजदेवी मन्दिरमा भोलि शनिबार ठुलो मेला लाग्ने मेला समितिले जनाएको छ ।

हजारौंको संख्यामा पशुपक्षीको बलि दिइने विशेष मेलाको लागि सिरहाको लहान बाख्री हटिया तथा सप्तरी जिल्लाको विभिन्न बजारमा पठापाठी , हास , खसी, बोक,परेवा,रङा आदि तथा पुजाका विभिन्न समाग्रीहरुको किन बेचको लागि घुईचो लागेको छ।

सप्तरी सहित सिरहाको विभिन्न स्थानबाट बलि दिनको लागि आजै शुक्रबार मन्दिर प्रस्थान गरेको एक भक्तजनले बताए ।

थारु समुदायको बाहुल्य रहेको गाउँको बीचमा रहेको मन्दिरमा बुद्ध जयन्तीकै दिन बैशाखे पूर्णिमामा पशुपक्षीको बलि दिइने गरिन्छ। राजदेवी मन्दिर बाराको गढीमाई मन्दिरपछि दोस्रो धेरै संख्यामा बलि दिइने मन्दिरको रुपमा लिने गरिन्छ।

ढोढनाको बानो गाउँदेखि करिब ५०० मिटर उत्तर–पूर्वमा रहेको मन्दिरमा सिरहा, सप्तरी, उदयपुर, धनुषासहित छिमेकी मुलुक भारतको बिहारको उत्तरी क्षेत्रका दर्शनार्थीहरु बिहान दुई बजेदेखि नै मन्दिर परिसरमा लाम लागेको राजदेवी मन्दिर संरक्षण विकास समितिले बताए ।

भाकलअनुसार पूजा गर्न मन्दिर वरिपरिका खेतमा करिब एक लाखको हाराहारीमा दर्शनार्थीहरुको भिड लाग्ने गरिन्छ ।

यस मन्दिरमा पशुपक्षीको बलि दिएर राजदेवी माताको भाकलअनुसार पूजाअर्चना गरे सन्तान प्राप्ति, रोगव्याधिबाट मुक्ति र मनोकांक्षा पूरा हुने विश्वास रहेको छ।

मन्दिरमा बोका, पाठी, हाँस, परेवा, कुखुराको बलि चढाउने गरिन्छ।

एक बिघा पाँच कठ्ठा पाँच धुर क्षेत्रफलमा जङ्गलको बीचमा रहेको मूर्ति बिनाको मन्दिरमा छ। बलल दिइएको पशुपक्षीको रगतले मन्दिर परिसर रक्ताम्मे हुने भएपनि भोलिपल्टदेखि दुर्गन्ध नआउने र झिँगा समेत नलाग्ने हु“दा त्यसमा राजदेवीको शक्ति रहेको जनविश्वास रहेको छ। स्थानीय बुढापाकाका अनुसार मन्दिर अढाई शताब्दीदेखि नै अस्तित्वमा रहेपनि विशेष पूजाअर्चना र पशुपक्षीको बलि भने ०५० पछि मात्र सुरु भएको हो।

  • ३ जेष्ठ २०७६, शुक्रबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech