• ४ आश्विन २०७७, आईतवार
पत्रकारद्वारा एभिन्युज टिभीकार्यालय तोडफोड गर्नेमाथि कार्वाहीको माग
  • स्टुडियाे संवाददाता

 

पत्रकारहरुद्वारा “प्रस्तावित सन्चार बिरोधि बिधेयक खारेज गर, प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर” मुल नराकासाथ बिरोध प्रदर्शन गरेको छ ।

नेपाल पत्रकार महासघ पर्साका अध्यक्ष श्याम बन्जराको नेतुत्वमा जिल्ला प्रशासन कार्यालय पर्सामा गएको पर्सेली पत्रकारहरुले केन्द्रिय कार्यक्रम अनुसार शुक्रबार ” प्रस्तावित सन्चार बिरोधि बिधेयक खारेज गर, प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर” साथै एभि न्युज टेलीभिजन व्युरो बिरगंज कार्यालयमा तोडफोड गरेको समुहलाई अबिलम्ब पक्राउ गर्नको लागि सामुहिक बिरोध प्रदर्शन गरेको हो ।

बिरोध प्रदर्शन कार्यक्रममा नेपाल पत्रकार महासघ प्रदेश न,२ का अध्यक्ष दिपेन्द्र चौहान , उपाध्यक्ष केसि लामिछाने , सदस्य जगत राई , पर्साका अध्यक्ष श्याम बन्जरा , उपाध्यक्ष अनुप!तिवारी , सचिव युवराज खडका, नेपाल आदिवासी जनजाती पत्रकार महासघ(फोनिज)प्रदेश न,२ का ईन्चार्ज निरज पिठाकोटे मगर , एभि न्युज टेलीभिजन नेपाल ब्यूरो प्रमुख राजु श्रेष्ठ , सर्वराष्ट्रिय दैनिकका महेशचन्द गौतम , ईक्नोमिक्स जर्नलिस्ट पर्साका अध्यक्ष रितेश त्रिपाठी , एबीसि टेलीभिजन बिरगंज व्युरो शेखर छतकुली, बिनोद परियार , जितेन्द्र साह , जियालाल साह ,आवाज एफएमका सुरेश बिडारी , तिवारी यादव , सफल खतिवडा, भोजपुरी दैनिकका श्रवण साह , अजय चौरसिया , एसके चौरसिया , संतोषमान रन्जितकार , राम मेहता , श्याम कुसवाह , आबिद हुसेन, श्रीराम रायमाझी , नरेश सरार्फ , प्रदिप साह , सम्भु कुमार सुमन , दिपक चौरसिया , मन्सुर खान, रेडियो बिन्दास का पन्नालाल साह राहुल गुप्ता लगायतकाको सभागिता रहेको पत्रकार मन्सुर मिया प्रेसले बताए ।

  • ३ जेष्ठ २०७६, शुक्रबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech