• ६ आश्विन २०७७, मंगलवार
पत्रकारहरूद्वारा प्रदेश २ को मुख्यमन्त्री कार्यालय अगाडि धर्ना
  • स्टुडियाे संवाददाता

 

प्रदेश २ का पत्रकारहरूद्वारा प्रदेश २ को मुख्यमन्त्री कार्यालय अगाडि धर्ना दिएका छन।

संघीय सरकारको मिडिया काउन्सिल ऐन खारेज, प्रदेश सरकारले ल्याएको सञ्चार विधेयक संशोधन, प्रेस स्वतन्त्रता लागू गर, संघ र प्रदेश सरकारको सञ्चारमन्त्री राजिनामा माग गर्दै पत्रकारहरूद्वारा प्रदेश २ को मुख्यमन्त्री कार्यालय अगाडि धर्ना दिएका हुन।

आफूसँग भएका क्यामेरा, झोला, कलम, डायरी, ल्यापटप, रेकर्डर, पत्रिकासहितका सामग्रीहरू धमाधम भुइँमा राखेर उनीहरू मुख्यमन्त्री कार्यालयअगाडि धर्ना बसेका छ्न ।

‘संघीय सरकारको मिडिया काउन्सिल ऐन खारेज गर, प्रदेश सरकारले ल्याएको सञ्चार विधेयक संशोधन गर, प्रेस स्वतन्त्रता लागू गर, संघ र प्रदेश सरकारको सञ्चारमन्त्री राजिनामा दे!’ जस्ता नाराहरू लगाउँदै उनीहरूले सरकार विरोध गरेका हुन।

संघीय सरकार र प्रदेश सरकारले ल्याएको सञ्चार विधेयक खारेजीको माग गर्दै धनुषाका पत्रकाले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा कलम डाउन गर्दै धर्ना दिएका हुन्।

  • ३ जेष्ठ २०७६, शुक्रबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech