• ४ आश्विन २०७७, आईतवार
पेट्रोल,डिजल तथा मट्टीतेलको मूल्य घट्यो
  • स्टुडियाे संवाददाता

 

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो।

निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य समायोजन गरेको छ। नयाँ मूल्य समयोजनपछि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १०९ रुपैयाँ ५० पैसा र डिजल तथा मट्टितेल प्रतिलिटर ९७ रुपैयाँ कायम भएको छ।

इन्डियन आयल कर्पोरेसनबाट १६ मे २०१९ मा प्राप्त मूल्यसूची अनुसार पेट्रोलियम पदार्थको भाउ घटाइएको आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताए। निगयमले खाना पकाउने एलपी ग्याँस र हवाइ इन्धानको मूल्य भने यथावात राखेको छ।

  • ४ जेष्ठ २०७६, शनिबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech