• ८ आश्विन २०७७, बिहीबार
म्यानपावरले एक साता कामदार पठाउन रोक्ने
  • स्टुडियाे संवाददाता

 

नेपालका वैदेशिक रोजगार व्यवसायीहरुले एक सातासम्म कुनैपनि कामदार विदेश नपठाउने निर्णय गरेका छन ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आह्वानमा शुक्रबार राजधानीमा भएको व्यवसायी भेलाले यहि जेठ १७ गतेदेखि २३ गतेसम्म नेपालबाट म्यानपावर कम्पनी मार्फत एक जना पनि कामदार वैदेशिक रोजगारीमा नपठाउने निर्णय गरेको हो ।

भेलामा संघका अध्यक्ष रोहन गुरुङले सरकार समक्ष राखिएका व्यवसायीका मागहरु जेठ १६ गते सम्मपनि संसोधन नभए जेठ १७ गतेदेखि २३ गतेसम्म कामदार नपठाउने प्रस्ताव गरेको थिए ।

अध्यक्ष गुरुङको प्रस्तावलाई भेलाले पूर्ण सहमति सहित अनुमोदन गरेको थियो ।

पछिल्लो समय वैदेशिक रोजगारीमा दैनिक सरदर १ हजारको हाराहारीमा नेपाली कामदार जाने गर्दछन जसमध्ये म्यानपावर कम्पनी मार्फत दैनिक करिव पाँच सय कामदार जाने गर्दछन ।

  • ४ जेष्ठ २०७६, शनिबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech