• ३ आश्विन २०७७, शनिबार
राजदेवी मन्दिरमा पशुपंक्षीको बली दिन भक्तजनहरुको भिड
  • स्टुडियाे संवाददाता

 

आज बुद्ध जयन्ती । मुलुकभरी शान्तिको कामना गर्दै बुद्ध जयन्ती मनाइरहेको बेला सिरहाको लहान नगरपालिका १७ ढोढनास्थित भने राजदेवी मन्दिरमा आजैका दिन बली चढाउने भक्तजनहरुको ठुलो भीड देखिएको छ ।

आज अहिंशा र शान्तीका प्रतिक गौतम बुद्धको जन्मजयन्तीका दिन लहान स्थित राजदेवी पञ्चावती मन्दिरमा हजारौं पशुपंक्षीको बली दिईन्छ ।

पछिल्लो समयमा राजदेवी मन्दिर बाराको गढीमाई मन्दिरपछि दोस्रो धेरै संख्यामा बलि दिइने मन्दिरको रुपमा लिने गरिन्छ ।

राजदेवी मातालाई भाकल गरे सन्तान प्राप्ति हुने, रोग ब्याधीबाट मुक्ति मिल्ने र मनोकांक्षा पुरा हुने जन विश्वास रहेको छ ।

सोही कारण बली चढाउन र मेला हेर्न राजदेवी मन्दिरमा भक्तजनहरुको भिड लागेको छ ।

यो मन्दिरमा आफ्नो भाकल पुरा गर्न पशुपंक्षीको बली दिन सिरहा, सप्तरी, उदयपुर, धनुषासहित छिमेकी मुलुक भारतको बिहार राज्यबाट समेत श्रद्धालुहरु आउने गर्दछन ।

सिरहाको लहान बजारदेखि करिब ७ किलोमिटर उत्तरमा ढोढनाको बानो गाउदेखि करिब ५०० मिटर उत्तर पुर्वमा पर्ने चुरेको छेउमा सानो डाँडामाथि रहेको राजदेवि मन्दिरमा वर्षभरि गरेको मनोकामना पुरा भएको विश्वासमा एक वर्षमा एक दिन बैशाख शुक्ल पूर्णिमाकै दिन बली चढाउने परम्परा रहेकोले सो ठाउमा बली चढाउने भक्तजनहरुको ठुलो भिड लागेको छ ।

  • ४ जेष्ठ २०७६, शनिबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech