• ५ आश्विन २०७७, सोमबार
बलान बिहुल गाउँपालिका अध्यक्षको घरमा बम विस्फोट
  • स्टुडियाे संवाददाता

 

सप्तरी जिल्लाकाे कान्छो रूपमा रहेको बलान बिहुल गाँउपालिकाको घरमा बम बिस्फोट भएको छ ।

बलान बिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गाेइतकाे घरमा लक्षित गरि जेठ ३ गते शुक्रबार राती अज्ञात समुहले कुकर बम बिस्फाेट गराएको हो ।

बम बिस्फाेटले गापा अध्यक्षका काका समानन्द गोइत घाईते भएकाे छ भने घरको दलानमा क्षति भएकाे स्थानीयले बताएको छ । अध्यक्ष गोइतको बस्ने घरसँगै जोडिएको उनकै अर्को घरमा घरमा बिष्फोट भएको हो।

कुरा अध्यक्ष गाेइतले जानकारी दिनुभएकाे छ,बिस्फाेटकाे जिम्मेवारी कुनै समुहले लिएकाे छैन । आफूलाई लक्षित गरेर बिष्फोट गराएको हुनसक्ने अध्यक्ष गोइतको भनाइ छ।

  • ४ जेष्ठ २०७६, शनिबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech