सप्तरी जिल्ला अदालत बार एकाइको अध्यक्षमा अधिवक्ता डोमन साहको प्यानल विजयी भएको छ । सप्तरी जिल्ला अदालत बार एकाईको नयाँ नेतृत्वका लागि शुक्रबार सम्पन्न निर्वाचनको मतपरिणामबाट डोमन साहको प्यानल बिजयी भएको हो ।
निर्वाचनको मत परिणामअनुसार प्रगतिशील, पेशागत, मधेशी आदिवासी, जनजाति तथा समावेशी समूहबाट उहाँसहित प्यानलै निर्वाचित भएको निर्वाचन अधिकृत दुर्गानन्द चौधरीले बताउनुभयो ।
अध्यक्षमा साहले ५१ मत प्राप्त गरी विजयी हुनुभएको छ भने निकटतम् प्रतिद्वन्द्वी अधिवक्ता महेश्वर साहले ३२ मत प्राप्त गर्नुभयो ।
समितिको उपाध्यक्षमा महेन्द्रप्रसाद देवले ५८, सचिवमा ओमप्रकाश यादवले ४९ र कोषाध्यक्षमा शङ्करकुमार मिश्रले ४५ मत प्राप्त गरि विजयी हुनुभयो ।
सदस्यमा रामनरेश दास, शम्भुकुमार यादव, इन्द्रकान्त चौधरी, सुरेशकुमार सिंह र शिवनारायण यादव विजयी हुनुभएको छ ।