• २ आश्विन २०७७, शुक्रबार
बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा विशेष कार्यक्रम
  • स्टुडियाे संवाददाता

  • [addthis tool="addthis_inline_share_toolbox_3o0r"]

 

बुद्धजयन्तीका अबसरमा गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा विशेष कार्यक्रम हुँदैछ ।

कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली लगायत विशिष्ट ब्यक्तिको सहभागिता हुनेछन् ।

बुद्धजयन्तीको अबसर पारेर राष्ट्रपति भण्डारीले आजै लुम्बिनी भ्रमण बर्ष कार्यक्रमको उदघाटन गर्दैछिन् ।

लुम्बिनी भ्रमण वर्ष वैशाख बुद्ध पूर्णिमाका दिन शुरू भई अर्को वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन समापन हुनेछ । मायादेवी मन्दिरमा ३ दिनसम्म विशेष पुजा गरिँदै छ ।

त्यस्तै लुम्बिनीस्थित विभिन्न बिहारहरुमा पनि बौद्ध भजन तथा प्रवचन सुरु भएका छन् ।

बुद्ध जयन्तीको अवसर पारेर प्रदेश सरकारले लुम्बिनीमा ५२ फिट अग्लो पिल्लरमा राष्ट्रिय झण्डा फहराइरहेको छ भने आज लुम्बिनीमा प्रधानमन्त्री ओलीले फलफुलका बिरुवा रोप्ने कार्यक्रम रहेको छ ।

  • ४ जेष्ठ २०७६, शनिबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech