• ६ आश्विन २०७७, मंगलवार
राजदेवी मन्दिरमा पशुपंक्षीको रगतको खोलो नै बगे !
  • स्टुडियाे संवाददाता

 

मुलुकभरी शान्तिको कामना गर्दै बुद्ध जयन्ती मनाइ रह्दा सिरहाको लहान १७ ढोढनास्थित भने राजदेवी मन्दिरमा आजैका दिन बली चढाउने भक्तजनहरुको ठुलो भीड लाग्दा त्यहाँ रगतको खोलो नै बगेको छ ।

पछिल्लो समयमा राजदेवी मन्दिर बाराको गढीमाई मन्दिरपछि दोस्रो धेरै संख्यामा बलि दिइने मन्दिरको रुपमा लिने गरिन्छ । मनोकामना पुरा भएको भन्दै सो मन्दिरमा बोका, पाठी, परेवा, कुखुरा, हाँस लगायतका पशुपक्षीको बली प्रदान गरिएको राजदेवी मन्दिर पुजा समितिका अध्यक्षले जानकारी दिनुभयो ।

 

 

सिरहाको लहान बजारदेखि करिब ७ किलोमिटर उत्तरमा ढोढनाको बानो गाउदेखि करिब ५०० मिटर उत्तर पुर्वमा पर्ने चुरेको छेउमा सानो डाँडामाथि रहेको राजदेवि मन्दिरमा वर्षभरि गरेको मनोकामना पुरा भएको विश्वासमा एक वर्षमा एक दिन बैशाख शुक्ल पूर्णिमाकै दिन बली चढाउने परम्परा रहेकोले सो ठाउमा बली चढाउने भक्तजनहरुको ठुलो भिड लागेको थियो ।

राजदेवी मातालाई भाकल गरे सन्तानप्राप्ति, रोगव्याधी निको हुने, मुद्धामामिला पक्षमा हुने, इच्छाइएको पुरा हुने गरेको ढोढनाका विरेन्द्र चौधरीले बताउनु भयो ।

 

यस मन्दिरमा भाकल गर्नेहरुले वैशाख पूर्णिमाकै दिन बलि पूजा गर्दै आइरहेको मेला आयोजक समितिले बताउनु भयो ।

यस राजदेवी मन्दिरमा बली प्रदान गर्ने प्रथा हालको नभई करिब सय वर्षभन्दा बढिको गाथा रहेको स्थानीयहरुले बताए ।

सो मन्दिरमा बलि चढाउनका लागि नेपालको सिरहा, सप्तरी, उदयपुर, सुनसरी, धनुषा, महोत्तरी, सर्लाही लगायतका जिल्ला तथा भारत विहारका विभिन्न भागबाट भक्तजन आउने गर्दछन् ।

केही वर्षअघिसम्म मन्दिर रहेको तत्कालिन ढोढना गाविस र वरपरका गाउका स्थानीयहरुले मात्र बली प्रदान गर्दै आएको सो स्थानको शक्तिबारे प्रचार प्रसार हुदैगएपछि अहिले दर्शनार्थी तथा बली चढाउनेहरुको ठुलो भिड लागेको देखेर स्थानीयहरु आश्चर्यचकित हुने गरेका छन् ।

  • ४ जेष्ठ २०७६, शनिबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech