• ५ आश्विन २०७७, सोमबार
राजदेवी दर्शन गर्न आएको एकजना श्रद्धालुको मृत्यु
  • स्टुडियाे संवाददाता

 

अत्याधिक गर्मीको कारण लहान स्थित राजदेवी माता दर्शनका लागि आएका एकजना श्रद्धालुको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुखीपुर नगरपालिका २ चन्नरपट्टि गाउँका अन्दाजी ४५ वर्षीय बालगोपाल यादव रहेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

लहानको ढोढनास्थित राजदेवी पञ्चावती मन्दिरमा मेला भर्न आएका श्रद्धालुको अत्याधिक गर्मीका कारण शनिबार भिडभाड र गर्मीका कारण बेहोस भएको थियो।

तत्कालै मेला समितिले प्राथमिक उपचार गर्दैगर्दा उनको मृत्यु भएको हो।

  • ४ जेष्ठ २०७६, शनिबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech