• ३ आश्विन २०७७, शनिबार
अत्याधिक गर्मी र भिडभाडले गर्दा राजदेवी मन्दिरमा दर्जनौं श्रद्धालुहरु बिहोस, एकको मृत्यु
  • स्टुडियाे संवाददाता

सिरहाको लहान स्थित पञ्चावती राजदेवी मन्दिरमा गर्मी तथा भिडभाडका कारण एकको मृत्यु भएको छ भने दर्जनभन्दा बढी बिहोस भएको छ ।

दर्शनार्थीहरुको निकै ठुलो घुइँचो तथा अत्याधिल गर्मीले गर्दा सुखीपुर नगरपालिका–२ चन्नरपट्टि गाउँका अन्दाजी ४५ वर्षीय बालगोपाल यादवको अत्याधिक गर्मीका कारण मृत्यु भएको हो ।

मृतक यादव भिडभाड र गर्मीका कारण बेहोस भई मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानका डिएसपी राजेश थापाले जानकारी दिए ।

मेला समितिले तत्काल प्राथमिक उपचार गर्दैगर्दा उनको मृत्यु भएको प्रहरीले जानकारी दिए ।

अत्याधिक गर्मी र भिडभाडले गर्दा दर्जनौं श्रद्धालुहरु बेहोस भएको मेला समितिले जनाएको छ । प्रवेशद्वार साँघुरो हुँदा भिडभाड भएको छ । भिडभाड र गर्मीको कारणले गर्दा यहाँ आवतजावतमा समेत समस्या भएको श्रद्धालुहरु बताउँछन् ।

मेला समितिले पञ्चावती राजदेवी मन्दिर परिसर भित्र प्राथमिक उपचार, निशुल्क खाने पानी तथा स्वमसेवकहरुको ब्यबस्था मिलाएको छ ।

  • ४ जेष्ठ २०७६, शनिबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech