• ७ आश्विन २०७७, बुधबार
बाराको गढीमाई पछि सिरहाको राजदेवीमा किन चढाईन्छ बलि ?
  • स्टुडियाे संवाददाता

 

बाराको बरियापुरमा रहेको गढीमाई मन्दिर पछि दोश्रो ठूलो बलि सिरहाको लहान स्थित राजदेवी मन्दिरमा भने हजारौंको संख्यामा पशुपक्षीको बलि दिइने विशेष मेला लाग्ने गरिन्छ ।

राजदेवी मन्दिर बाराको गढीमाई मन्दिरपछि दोस्रो धेरै संख्यामा बलि दिइने मन्दिरको रुपमा लिने गरीएको हो । थारु समुदायको बाहुल्य रहेको गाउँको बीचमा रहेको मन्दिरमा बुद्ध जयन्तीकै दिन बैशाखे पूर्णिमामा पशुपक्षीको बलि दिइने गरिन्छ।

मन्दिरमा सिरहा, सप्तरी, उदयपुर, धनुषासहित छिमेकी मुलुक भारतको बिहारको उत्तरी क्षेत्रका दर्शनार्थीहरु भाकलअनुसार पूजा गर्न मन्दिर वरिपरिका खेतमा लाखौं लाखको हाराहारीमा भिड लागछ ।

यस मन्दिरमा पशुपक्षीको बलि दिएर राजदेवी माताको भाकलअनुसार पूजाअर्चना गरे सन्तान प्राप्ति, रोगव्याधिबाट मुक्ति र मनोकांक्षा पूरा हुने विश्वास रहेको छ। मन्दिरमा बोका, पाठी, हाँस, परेवा, कुखुराको बलि चढाउने गरिन्छ।

बलल दिइएको पशुपक्षीको रगतले मन्दिर परिसर रक्ताम्मे हुने भएपनि भोलिपल्टदेखि दुर्गन्ध नआउने र झिँगा समेत नलाग्ने हुदा त्यसमा राजदेवीको शक्ति रहेको जनविश्वास रहेको छ। स्थानीय बुढापाकाका अनुसार मन्दिर अढाई शताब्दीदेखि नै अस्तित्वमा रहेपनि विशेष पूजाअर्चना र पशुपक्षीको बलि भने ०५० पछि मात्र सुरु भएको हो।

मन्दिरका पाँचौ पुस्ताका पुजारी डम्बर बहादुर भट्टका अनुसार राजदेवी माताले वैशाख पूर्णिमाका दिन आफ्नो मन्दिरमा वलि चढाएमा सबैको फलिफाप हुने भनी सपनामा बताएपछि त्यहाँ वलिप्रथा शुरु भएको थियो ।

पुजारी भट्टका अनुसार १२५ वर्षअगाडी अहिले मन्दिर रहेको स्थानमा ठूलो जङ्गल र चरण क्षेत्र रहेको थियो । नजीकैको चौधरी र भट्टहरुको परिवार रहेको गाउँबाट त्यस क्षेत्रमा १०० भन्दा बढी गाईवस्तुहरु चराउन लगिन्थ्यो ।

तर प्रत्येक दिन एउटा/एउटा गाई हराउन थालेपछि त्यतिखेर गाउँका ठूला धामीको रुपमा रहेका दिलाराम भट्टले त्यस स्थानमा गई तन्त्रसाधना गरेपछि राति सपनामा देवीले दर्शन दिई वैशाख पूर्णिमाकै दिनमा वलि चढाए र भाकल गरी पुजा गर्ने हो भने सबै समस्या टर्ने बताएका थिए ।

देवीले सपनामा दिएको दर्शन र उनको भनाईमुताबिक स्थानीयले बलिप्रथा सुरु गरेको थियो ।

  • ४ जेष्ठ २०७६, शनिबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech