• ३ आश्विन २०७७, शनिबार
उदयपुर ट्रिपर दुर्घटनामा २ जनाको मृत्यु
  • स्टुडियाे संवाददाता

 

उदयपुरको कटारी नगरपालिका-१४ घुर्मी कटारी सडक खण्डको लामीडाँडा भन्ने स्थानमा आज ट्रिपर दुर्घटनामा हुँदा २ जनाको मृत्यु भएको छ ।

बिहान ५:४५ बजेको समयमा मिर्चैयाबाट सोलु हाईड्रोपावरको लागि सिमेन्ट बोकेर जाँदै गरेको मुस्कान कम्पनीको बा ४ ख ७००० नम्बरको ट्रिपर ब्याक गर्ने क्रममा सडक देखी अन्दाजी १५ सय मिटर तल दादुरा खोलामा खसेर दुर्घटना भएको थियो ।

दुर्घटनामा ट्रिपरका सह-चालक सिन्धुली दुधौली नगरपालिका-११ बस्ने बर्ष २० को लीला बहादुर सार्की र ट्रिपरमा सवार कटारी नगरपालिका-५ भोर्ले बस्ने तत्काल नाम थर नखुलेका माईलो भनेर चिनीने अन्दाजी बर्ष २५ को पुरुष ब्यक्तिको मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

ट्रिपरका चालक सिन्धुली दुधौली नगरपालिका-११ बस्ने बर्ष ४० को हर्क बहादुर सार्की प्रहरीको नियन्त्रणमा रहेका छन् ।

  • ५ जेष्ठ २०७६, आईतवार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech