• ७ आश्विन २०७७, बुधबार
सप्तरीको अबलुल्हा पेट्रोल पम्पमा शिलबन्दी
  • स्टुडियाे संवाददाता

सप्तरीको शम्भुनाथ नगरपालिका–१२ अर्नाहामा कम तेल दिने एक पेट्रोलपम्पमा शिलबन्दी गरेको छ ।

गुणस्तर तथा नापतौल कार्यालय विराटनगरका टोलीले शम्भुनाथ नगरपालिका–१२ अर्नाहामा स्थित अबदुल्हा आयल निगम ट्रेडर्समा शनिबार सिलबन्दी गरेकाे गुणस्तर तथा नापतौल कार्यालयका प्रमुख शम्भुकुमार झाले जानकारी दिए। जिल्ला प्रशासन कार्यालय र इलाका प्रहरी कार्यालय पातोको टोलीद्वारा गरिएको अनुगमनका क्रममा सो पम्पमा रहेको डिजेलमा प्रति पाँच लिटरमा १७० मिली घटी गरी बिक्रीवितरण गरी रहेको पाइएपछि सिलबन्दी गरिएको प्रमुख झाले बताए ।

सिलबन्दी गरिएको पम्पलाई स्टेन्डर्ड नापतौल ऐन २०२५ दफा ३० बमोजिम माग दाबीसहित जिल्ला अदालतमा मुद्दा दायर गरिने प्रमुख झाले जानकारी दिए।

  • ५ जेष्ठ २०७६, आईतवार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech