• ४ आश्विन २०७७, आईतवार
चीनसँग सम्झौता गरेको भन्दै सिरहाको लहानमा प्रदर्शन
  • स्टुडियाे संवाददाता

 

चीनसँग सम्झौता गरेर प्रदेश २ सरकारले कृषि परियोजना संचालन गर्न लागेको भन्दै सिरहाको लहानमा प्रदर्शन भएको छ ।

स्थानीय युवा, विद्यार्थी, किसान र नागरिक समाजका अगुवाहरूले चिनियाँ परियोजना संचालन नगर्न भन्दै दवाव दिनका लागि आइतबार प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीले प्रदेश सरकारले चीनबाट ऋणको रुपमा परियोजना ल्याउन लागेको भन्दै त्यसरी ऋण ल्याइए आफूहरू चरणबद्व आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।

लहानको पासुपति माबिबाट निकालिएको रयाली नगरको बिभिन्न भाग परिक्रमा गर्दै सहिद चोकमा पुगेर कोणसभाम परिणत भएको थियो ।

कोणसभामा बोल्दै युवानेता नगेन्द्रकुमार यादब र सुरज कुमार साहले ऋणको रुपमा चिनियाँ परियोजना केन्द्रीय र प्रदेश सरकारले नरोके कड आन्दोलन गर्ने बताए ।

  • ६ जेष्ठ २०७६, सोमबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech