• ८ आश्विन २०७७, बिहीबार
राजपामा ३–३ वर्षमा अधिवेशन
  • स्टुडियाे संवाददाता

 

राष्ट्रिय जनता पार्टी नेपालले महाधिवेशनपछि अध्यक्ष मण्डल नरहने निर्णय गरेको छ । बिहिवार पार्टी कार्यालय बबरमहलमा संयोजक शरत्सिंह भण्डारीको अध्यक्षतामा बसेको केन्द्रीय अध्यक्ष मण्डलको बैठकले अब अध्यक्षीय प्रणालीमा जाने निर्णय गरेको हो ।

साथै पार्टीको अधिवेशन ३–३ वर्षमा गर्ने निर्णय पनि गरेको छ । त्यसैगरी यसअघि वडा समितिका निर्वाचित सदस्य, पदाधिकारी तथा वडाबाट निर्वाचित अन्य डेलिगेट्सहरुले सक्रिय सदस्यता लिनुपर्ने व्यवस्था नरहेकोमा अब उपरान्त वडा तहबाट निर्वाचित सदस्य, पदाधिकारी तथा डेलिगेट्सहरुले निर्वाचित हुन साथ पद तथा गोपनीयताको सपथ लिनु अघि सक्रिय सदस्यताको फारम भर्न अनिवार्य गरिएको छ ।

यसअघि कुनै पनि तल्लो तहका निर्वाचित सदस्य, पदाधिकारीहरुलाई माथिल्लो तहमा उम्मेदवारी दिँदा आफ्नो तल्लो तहको पदबाट राजीनामा दिनुपर्ने व्यवस्था नरहेकोमा अब उपरान्त राजीनामा दिन अनिवार्य गरिएको छ ।
त्यस्तै अध्यक्ष मण्डलको संयोजक भोलिदेखि परिवर्तन हुने भएका छन् । पार्टीले केही महिनायता अपनाइरहेको चक्रिय प्रणालीअनुसार सोमबारदेखि अनिलकुमार झाले नयाँ संयोजकको जिम्मेवारी सम्हाल्नेछन् ।

  • ६ जेष्ठ २०७६, सोमबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech