• ४ आश्विन २०७७, आईतवार
प्रहरी चौकी फत्तेपुरको नवनिर्मित भवन समुद्‌घाटन
  • स्टुडियाे संवाददाता

 

२ नम्बर प्रदेश प्रहरी कार्यालय, जनकपुरका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक श्री हरि बहादुर पालबाट “समुदाय-प्रहरी साझेदारी”कार्यक्रम अन्तर्गत निर्माण सम्पन्न भएको प्रहरी चौकी फत्तेपुर, सप्तरीको नवनिर्मित भवन उद्‌घाटन कार्यक्रम सम्पन्न भएको छ ।

 

उक्त कार्यक्रमका सप्तकोशी नगरपालिकाका प्रमुख उत्तम कुमार शर्माज्यूको अध्यक्षतामा २ नं. प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी नायव महानिरीक्षक हरि बहादुर पाल को प्रमुख आतिथ्यतामा उद्घाटन भएको थियो ।

 

 

यसैगरी विशिष्ट अतिथिहरु २ नं. प्रदेशका प्रदेशसभा सदस्य माननीय श्री सत्य नारायण मण्डल, कंचनरुप नगरपालिकाका प्रमुख बसन्त कुमार मिश्र, सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलहरुको उपस्थित रहेको थियो ।

त्यस्तै अतिथिहरु २ नं. प्रदेश प्रहरी तालिम केन्द्र सम्पर्क कार्यालय राजबिराजका प्रमुख समादेशक प्रहरी वरिष्ठ उपरीक्षक मुकुन्दराज आचार्य एवं जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, सामुदायिक सेवा केन्द्र सप्तरीका अध्यक्ष हित नारायण दास, वडा अध्यक्षहरु, बिभिन्न संघसंस्थाका प्रतिनिधिहरु, राजनितिक दलका प्रतिनिधिहरु, संचारकर्मीहरु तथा स्थानियबासि लगायत अन्दाजी ३०० जनाको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

  • ६ जेष्ठ २०७६, सोमबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech