• ६ आश्विन २०७७, मंगलवार
अनियमितताको अखडा बन्दै प्रदेशक २ को श्रम स्वीकृति कार्यालय
  • स्टुडियाे संवाददाता

 

वैदेशिक रोजगारीमा जाने कामदारलाई दिइने पुनः श्रम स्वीकृतिको कार्यलाई सहज पार्न प्रदेशस्तरमा स्थापना गरिएका श्रम तथा रोजगार कार्यालय अनियमितताका अखडा बन्न थालेका छन् । सातै प्रदेशका खोलिएका मध्ये प्रदेश नं २ अन्तर्गत जनकपुरमा रहेको श्रम तथा रोजगार कार्यालय सबैभन्दा बढी अनियमित गर्ने कार्यालयका रुपमा देखिएको छ ।

श्रम तथा रोजगार कार्यालयको स्थलगत निरीक्षणका लागि गएका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले आइतवार धनुषाको जनकपुरमा रहेको कार्यालयको स्थलगत अवस्थिति र सेवा प्रवाहको अवस्था बुझेपछि कार्यालय भवन नै सार्न निर्देशन दिएका छन् ।

कार्यालयको निरीक्षणमा पुगेका मन्त्री विष्टलाई सेवाग्राहीले कर्मचारीले विचौलियाहरुको प्रयोग गरी घुस माग्ने र घुस नदिए हैरानी दिएको गुनासो गरेपछि मन्त्री विष्टले कार्यालय भवन नै सारेर काम गर्न निर्देशन दिएका हुन् ।

सेवाग्राहीले कार्यालयमा भएका कर्मचारीले ईमान्दारी पूर्वक काम नगरेको र स्रोत साधनको समेत कमी भएको गुनासो गरेपछि बेला मन्त्री विष्टले सेवाग्राहीलाई सेवा लिन समस्या नहुने गरी नयाँ कर्मचारी खटाइदिने आश्वासन पनि दिएका छन् ।

  • ६ जेष्ठ २०७६, सोमबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech