चोरी निकासा गरि भारत तर्फ लैजादै गरेको गाई तथा बच्छा लाई जिल्ला प्रहरी कार्यालय रौतहटले नियन्त्रणमा लिएको छ
।
जिल्ला प्रहरी टोलि गस्तीमा खटीएको प्रहरी टोलीले गस्ती गर्दै जाने क्रममा जिल्ला रौतहट राजदेबी न.पा. वडा नं. ०८ स्थितमा नेपालबाट भन्सार छली चोरी निकासी गरी भारत तर्फ लैजादै गरेको गाईहरु नियन्त्रणमा लिएको हो ।
प्रहरीलाई देखी छाडी भागेकोले बेबारिसे अबस्थामा गाई र बाच्छा नियन्त्रणमा लिई रितपुर्बक बरामद गरी छब्बीस हजार बराबरको गाई र बाच्छा आबश्यक कारबाहीको लागी गौर भन्सार कार्यालय रौतहटमा बुझाईएको प्रहरीले जनाएको छ ।