• ८ आश्विन २०७७, बिहीबार
शनि मन्दिर नजिकबाट लागूऔषध सहित २ पक्राउ
  • स्टुडियाे संवाददाता

 

मोरङको विराटनगर महानगरपालिका-११ शनि मन्दिर नजिकबाट प्रहरीले लागूऔषध सहित आज २ जनालाई पक्राउ गरेको छ ।

बिहान साढे ८ बजेको समयमा सि.आर.भी. केसलियाबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित ईटहरी उप-महानगरपालिका-४ बस्ने वर्ष ३४ को सुवाष घिमिरे र बर्ष २५ को अनिष श्रेष्ठलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट प्रहरीले प्रतिबन्धित लागूऔषध फेनारगन-१० एम्पुल, लुपिजेसिक-१० एम्पुल, एभिल-१० एम्पुल र डाईजेल्याव-१० एम्पुल बरामद गरेको छ ।

पक्राउ परेका दुवै जनालाई वडा प्रहरी कार्यालय विराटनगरमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

  • ६ जेष्ठ २०७६, सोमबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech